७ आश्विन २०८३, बुधबार | September 23, 2026

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७९ जना, २ जनाको जीवितै उद्धार



काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरु मध्य एक जना चालक दलका सदस्य र एक जना यात्रु भएको अधिकारीहरुले जनाएका छन् ।

जीवितै उद्धार गरिएका बाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए ।

थाइल्याण्डको बैंककबाट कोरिया आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र बाँकी सबै दक्षिण कोरियाका नागरिक रहेको पनि एजेन्सीले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार विमान दुर्घटनाको कारण खुलि नसकेको जनाउँदै अधिकारीहरुले विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको बताएका छन् । ठोक्किए लगत्तै विमानमा आगो लागेको थियो ।

विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज