बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २ः०० बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५…