काठमाडौं । असोज ११ र १२ गते गएको बाढी तथा पहिरोबाट पीडित नागरिकहरुको उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिटो काम गर्न बागमतीका सांसद गंगानारायण श्रेष्ठले मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण गराएका छन् । श्रेष्ठले बाढी–पहिरोबाट मानवीय साथै भौतिक क्षति धेरै भएकाले तत्काल राहत तथा पुनर्निर्माण गर्न माग गर्दै पाँच बुँदे ध्यानाकर्षपत्र मुख्यमन्त्रीलाई बुझाएका हुन् ।…