काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आगामी २०८४ को निर्वाचनमा गुणात्मक सफलता हासिल गर्न कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । नेकपा स्थानीय तह विभागले आयोजना गरेको ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला’पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सापकोटाले कम्युनिस्ट पार्टी पुनर्गठन गरेर जाने विषयमा छलफल भइरहेको बताएका हुन् ।…