काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो । सुरुमा धर्मराएको टोलीलाई सम्हाल्दै कोलकाताका आन्द्रे रसेलले २५ बलमा ६४ रन बनाएका थिए । उनले ७ छक्का…