३ आश्विन २०८३, शनिबार | September 19, 2026

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैँ, महाधिवेशन केन्द्रीत छलफल हुने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैँछ । पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले मुख्यतयाः महाधिवेसनको तयारीका बारेमा छलफल गर्ने बुझिएको छ ।

आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरिसकेको सन्दर्भमा महाधिवेसनको राजनीतिक दस्तावेजमा समावेश गरिने मुख्य अजेन्डा रहेको बुझिएको छ ।

उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको २७ सदस्यीय दस्तावेज लेखन समितिले सचिवालयमा सो दस्तावेज प्रस्तुत गर्नेछ ।

साथै, सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल पनि गर्ने जनाइएको छ ।

नेकपा एकीकृत समाजवादीले आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको