काठमाडौं । हङकङको ताई पो क्षेत्रस्थित वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा बुधबार राति भीषण आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आगलागीमा २८ जना घाइते भएका छन्, जसमा एक अग्नि-नियन्त्रकसमेत रहेका छन् । समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार, कम्लेक्सका आठ ब्लकमा फैलिएको आगोले ठूलो क्षेत्रभरि कालो धुवाँको मुस्लो फैलिएको थियो…