१५ पुस २०८२, मंगलबार | December 30, 2025

प्रधानमन्त्री प्रचण्ड खप्तडमा

खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुगेका छन् । उनी सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड खप्तड आएका हुन् । उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको…