धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोपसहित उजुरी दर्ता गरिएको छ । उनी सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा छन् । धरान नगर बाल सञ्जालले आइतबार (माघ ११ गते) निर्वाचन अधिकृतको कार्यालय तथा धरान प्रहरी कार्यालयमा…