काठमाडौं । नेपालले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको अवस्था सार्वजनिक गरेको छ । व्यवस्थित क्यामेरा ट्र्याप सर्वेक्षणले प्रतिएक सय वर्गकिलोमिटरमा दुई दशमलव दुई हिउँ चितुवाको सङ्ख्या घनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवाको अनुमानित सङ्ख्या रहेको पत्ता लागाएको छ । नेपाल सरकारको नेतृत्वमा र स्थानीय आदिवासी समुदाय, वैज्ञानिक, युवा संरक्षणवादी र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)सँगको साझेदारीमा…