२५ मंसिर २०८०, सोमबार | December 12, 2023

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको पद हस्तान्तरण कार्यक्रम सम्पन्न



बुटवल । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको २२ औ साधारण सभा तथा ११ औ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष राम प्रसाद गौतमले नवनिर्वाचित अध्यक्ष लेखनाथ भण्डारी तथा महासचिव माधव कुमार खनालले नवनिर्वाचित महासचिव अर्जुन थापालाई माइन्युड हस्तान्तरण गरि पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले पर्यटनको मेरुदण्ड सेवामुलक उद्योग भएको बताए । सरकारबाट पर्यटकिय क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका कार्यक्रम चलाउने र त्यसमा टेवा दिने काम सेवा उद्योगीहरुको हातमा रहने बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे हरेक क्षेत्रको विकासका लागि सहमती, सहकार्य र एकता जरुरी रहेको भन्दै पर्यटनको विकास र विस्तारका लागि कार्य योजना बनाएर अगाडी बढन आह्वान गरे ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल,निवर्तमान अध्यक्ष हिराध्वज शाहले पर्यटनको विकास विना मुलुकमा आर्थिक सम्वृद्धी हुनै नसकने धारणा राखे । उनहरुले पर्यटन व्यवसायीले गरेको लगानीको सुरक्षाका लागि राज्य गम्भिर हुन पनि माग गरे ।

इलाका प्रहरी कार्यालयका प्रनाउ दान बहादुर थापा, पश्चिम नेपाल बस व्यवसायी प्राली अध्यक्ष दधिराम खरेल, संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष वाबुराम गौतमले सेवा उद्योगमार्फत प्रवर्द्घन गर्ने गरि नितिगत योजनामा जोड दिनुपर्ने सुझाव दिए । संघमा अधिवेशनबाट अध्यक्ष लेखनाथ भण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष माधव खनाल पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष टेक प्रसाद पराजुली, द्घितिय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, कोषाध्यक्ष राम बहादुर न्यौपाने, सचिव थमन बहादुर भण्डारी, सहसचिव अर्जुन पोखरेल, सहकोषाध्यक्ष माधव ढकाल, सदस्य एक बहादुर गाहामगर, केशवराज पाण्डे, एकादेव पाण्डे, कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ बाबुराम अर्याल, सुन्दर कुमार श्रेष्ठ, मुरारी पाण्डे, सीता ढकाल निर्वाचित भएका छन ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ६ : २१ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका