९ भदौ २०८३, मंगलबार | August 26, 2026

आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल



काठमाडौं । प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न÷नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई आज २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुने गरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई २४ घण्टे पत्र काटेको हो ।

काउन्सिलले सञ्चारमाध्यम, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ र मर्यादितरूपमा सम्पन्न गर्न सघाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ६ : ०८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त