१२ पुस २०८२, शनिबार | December 27, 2025

लायन्स क्लब अफ बुटवलद्वारा उपमहानगरको क्षति भएको दमकललाई ब्याट्री र पञ्जा हस्तान्तरण

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिकाको क्षति भएको दमकललाई तत्काल आवश्यक रहेको ब्याट्री र सरसफाइका लागि १०० थान हार्ड पञ्जा हस्तान्तरण गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरवासीको सुरक्षा र सुविधा सहज बनाउन सहयोग गरेको हो । हालै जेनजी आन्दोलनका क्रममा बुटवल उपमहानगरपालिकाको भवन, दमकलसहितका सवारी साधनमा आगजनी र तोडफोड भएको थियो…