मध्यबिन्दु । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे (घरबास) अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ । गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूूलमालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन पनि…