७ पुस २०८२, सोमबार | December 22, 2025

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा । ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीहरूका लागि टाइमकार्ड लागू गरिएको हो । जिल्लामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको ओखलढुङ्गा ट्राफिक प्रहरी प्रमुख होमप्रसाद खतिवडाले बताए ।…