२० बैशाख २०८३, आइतबार | May 3, 2026

मेस्सीले जिते फिफा द वेस्ट अवार्ड



अर्जेन्टिना । अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा सोमबार आयोजित कार्यक्रममा पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन् ।

अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारे । पेरिस सेन्ट जर्मेन पिएसजनीका फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जिते ।

सिटीले २०२२-२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल गरेको थियो । ३६ वर्षीय मेसीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीमा जानुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए ।

मेस्सीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए । उनले पिएसजीका लागि नौ गोल गर्दै फ्रेन्च लिग १ उपाधि जितेका थिए र इन्टर मायमीले अमेरिकामा लिग कप जित्दा सात खेलमा १० गोल गरेका थिए ।

हालान्डले गत सिजन प्रिमियर लिगमा कीर्तिमानी ३६ गोल गरेका थिए । २०२२-२३ का सबै प्रतियोगितामा उनले कीर्तिमानी ५२ गोल गरेका थिए । जसमध्ये २८ गोल विश्वकप पछि आएका थिए । २५ वर्षीय एमबाप्पेले क्लबका २०२२-२३ मा १८ गोल गरेका थिए ।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकबाट प्राप्त भोटको आधारमा विजेता घोषणा गरिएको हो । प्रत्येक क्षेत्रका लागि २५ प्रतिशत भोट मानिएको थियो । मेस्सीले फुटबलको अर्को प्रतिष्ठित अवार्ड बालन डि’अर कीर्तिमानी आठ पटक जितिसकेका छन् ।

टिम अफ दि इयरमा इंग्लिस क्लब सिटीका खेलाडीहरुले बर्चश्व जमाएका छन् ।

टिम अफ दि इयर :

थिबाउट कोर्टोइस (रियल म्याड्रिड), जोन स्टोन्स, काइल वाकर, रुबेन डायस, बर्नार्डो सिल्भा (सबै म्यानचेस्टर सिटी), जुड बेलिङघम (रियल म्याड्रिड), केभिन डे ब्रुइन र एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन), लियोनल मेस्सी (इन्टर मायमी) र भिनिसियस जुनियर (रियल म्याड्रिड) ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : ५९ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज