तिलोत्तमा । शंकरनगर सामुदायिक वन तिलोत्तमा १-४ रुपन्देहीले २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ । २०५२ साल फागुन २० गते आजकै दिन जिल्ला वन कार्यालय रुपन्देहीमा दर्ता भई जिल्लाको पहिलो सामुदायिक वन बन्न सफल शंकरनगर सामुदायिक वनले गत वर्ष देखि वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम शुरु गरेको हो ।…