काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण आगलागीमा परी मृतकमध्ये चार जना नेपाली रहेको पुष्टि भएको छ। सो दुर्घटनामा जम्मा २५ जनाको ज्यान गएको थियो। गोवा सरकारले सार्वजनिक गरेको सूची अनुसार मृत्यु भएका २० जना क्लबका कर्मचारी हुन्, जसमा नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन ९थर नखुलेको० र सुदीप ९थर नखुलेको० छन्।…