बुटवल । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ । सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार…