काठमाडौं । ४ दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज (सोमबार) बिहान बस्ने भएको छ । यसअघि आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७:३० बजे बस्ने गरी तोकिएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए । खतिवडाका अनुसार सोमबारको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत…