९ मंसिर २०८३, बुधबार | November 25, 2026

जि-२५ क्लबद्वारा कपडा बैंक स्थापना

बुटवल । बुटबलमा उपमहानगरपालिका-११ मा रहेको जि-२५ क्लबले कपडा बैंक स्थापना गरेर निःशुल्क कपडा वितरण गरेको छ । सामाजिक कार्यमा सक्रिय हुँदै आएको क्लबले बुटवलका विभिन्न उद्योगी, ब्यवसायी तथा क्लबका सदस्यसँग कपडा संकलन गरी गरिब तथा विपन्नहरुका लागि कपडा वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले बताए । जि-२५ क्लबका अध्यक्ष निर्मल नेपालले क्लबले विभिन्न समयमा…