नेपालगन्ज । पटक पटकको सूचनालाई स्थानीयले अटेर गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन डोजर परिचलन गरेको छ । प्रारम्भिक चरणमा वीपी चोकदेखि धम्बोझी चोकसम्मको अवैध संरचना हटाउन डोजर परिचालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई दुबैजनाको उपस्थितीमा अतिक्रमित संरचना हटाउन डोजर चालाइएको छ ।…