काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी एवं नेकपा माओवादी केन्द्रका सल्लाहकार सीता दाहालको निधनमा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा शोकमा डुबेको छ । दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि पेरिसडाँडा राखिएको छ । पत्नीलाई भाविह्वल अवस्थामा पति प्रचण्डले श्रद्धान्जलि अर्पण गरेका छन् । छोरीहरु रेनु दाहाल र गंगा दाहालले पनि अश्रुमिश्रित भावमा आमालाई श्रद्धान्जलि दिएका…