टोकियो । जापानको यौन अपराध कानुनमा ठूलो परिवर्तन गरिएको छ । यहाँ बलात्कारको परिभाषा परिर्वतन र सहमतिको उमेर बढाउन नयाँ कानुन पारित भएको छ । नयाँ कानुनअनुसार सहमतिविना शारीरिक सम्बन्ध राख्नु बलात्कार मानिनेछ । अहिलेसम्म जबर्जस्ती सम्बन्धलाई मात्र बलात्कारको दायरामा राखिएको थियो । साथै, कानुनी सहमतिको उमेर पनि अब १३ वर्षबाट १६ वर्ष पु¥याएको छ ।…