ढोरपाटन । बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका-२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका-६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । पेरिबाङ-बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो १२ः४५…