६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रुपन्देही सुपरलिग : न्यु होराइजन विजयी



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ३६.३ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ३८ रनको सामान्य योगफल बनायो । उसका लागि संगम पाण्डेले ४५, अमर मिश्राले २४ र राहुल भण्डारीले १५ रन बनाए । बलिङमा बुटवलका सुन्दर आलेले ४, शिव कुँवरले २ तथा अमर श्रेष्ठ, दामोदर मरासिनी र अलदीप क्षेत्रीले समान १-१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको बुटवल राइनोज ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रनमै समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न ८.२ ओभर बलिङ गरेका न्यु होराइजनका विप्रशन केसीले १ मेर्डन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, शुभम खनाल र अमर मिश्राले समान २-२ विकेट लिए ।

बुटवलका सोहन भण्डारीले २७, शिव कुँवरले २१, दीपेश रोक्का र अरविन सारुमगरले १०-१० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् र टिम पराजित भयो । न्यु होराइजनका विप्रशन केसी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ०२ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए