काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । गएराति २ः३६ बजे ४.७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उपत्यकाका तीनै जिल्ला लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको थियो ।…