२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

चिसो बढेसँगै चितवनमा हजार विद्यार्थीलाई महानगरको न्यानो कपडा



चितवन । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो ।

कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत तीन वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् ।

यस आर्थिक वर्षमा १५ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अन्तर्गत आज भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका १० वटा विद्यालयका नौ सय ३४ बालबालिकालाई वितरण गरिएको हो । नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

यसअघि तीन वर्षमा ४५ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ । किशोरी छात्रालाई साइकल वितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा रु तीन हजार छात्रवृत्ति प्रदान गर्दै आएको उनले जानकारी दिइन् । अघिल्लो वर्षदेखि सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रमबाट छ सय ९२ जना लाभान्वित भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : १६ बजे

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियो :मन्त्री किराँती

खोटाङ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

एजेन्सी । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको