न्युयोर्क । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ । एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो । आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा…