काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङले राजीनामा दिएका छन् । माओवादी केन्द्रका तर्फबाट मेयरमा विजयी भएकाले उनले पदबाट राजीनामा दिएका नगरपालिकाका कार्यकारी अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए । नगरपालिकाको बैठकमा उपमेयर जानुका पराजुलीले मेयर तामाङले राजीनामा दिएको जानकारी गराएको कार्यकारी अधिकृत पौडेलले बताए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न…