बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीले १ घन्टा चक्काजाम गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित अनेरास्ववियु शुक्रबार बिहानै सडकमा उत्रिएका हुन । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ…