धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-१ गजुरीबजारमा गुडिरहेका बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४७१ नंको यात्रुबसमा आज बिहान एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको…