भक्तपुर । स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ । बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा…