१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

क्यान्सर अस्पताल विकास समितिको पहिलो निर्णय, खजुराका नागरिकलाई निशुल्क ओपीडी सेवा



नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाका स्थायीबासीलाई ओपिडी सेवा निःशुल्क दिने भएको छ । नवनियुक्त अस्पताल विकास समितिको पहिलो बैठकले अस्पताल रहेको खजुरा गाउँपालिकाबासी विरामीलाई ओपिडी सेवा निःशुल्क दिने निर्णय गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाको अध्यक्षतामा आज बसेको पहिलो बैठकले खजुरा सहित बाँके, बर्दिया र देशैभरीका नागरिकले मुट्ठी दान गरेर बनाउन थालिएको अस्पताल रहेको स्थान खजुराका नागरिकलाई निशुल्क ओपीडी सेवा दिने निर्णय भएको अस्पतालले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

अस्पताल स्थापनाका लागि खजुराबासीले गरेको आर्थिक, भौतिक र सहभागिताको उच्च सम्मान गर्दै अस्पतालले ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको नवनियुक्त अध्यक्ष किशोर थापाले बताए ।

संत दीनदयाल जी महाराजबाट संकल्प भएकाे अस्पताल स्थापनाका लागि आयोजना गरिएको महायज्ञमा खजुराबासीहरु सहित बाँके र बर्दिया सहित देशैभरका धार्मिक आस्थावानहरुले ५ करोड बढीको आर्थिक सहयोग गरेका थिए ।  नवनियुक्त विकास समितिले बुधवार नै पदभार ग्रहण गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : २८ बजे

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा