२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

क्यान्सर अस्पताल विकास समितिको पहिलो निर्णय, खजुराका नागरिकलाई निशुल्क ओपीडी सेवा



नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाका स्थायीबासीलाई ओपिडी सेवा निःशुल्क दिने भएको छ । नवनियुक्त अस्पताल विकास समितिको पहिलो बैठकले अस्पताल रहेको खजुरा गाउँपालिकाबासी विरामीलाई ओपिडी सेवा निःशुल्क दिने निर्णय गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाको अध्यक्षतामा आज बसेको पहिलो बैठकले खजुरा सहित बाँके, बर्दिया र देशैभरीका नागरिकले मुट्ठी दान गरेर बनाउन थालिएको अस्पताल रहेको स्थान खजुराका नागरिकलाई निशुल्क ओपीडी सेवा दिने निर्णय भएको अस्पतालले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

अस्पताल स्थापनाका लागि खजुराबासीले गरेको आर्थिक, भौतिक र सहभागिताको उच्च सम्मान गर्दै अस्पतालले ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको नवनियुक्त अध्यक्ष किशोर थापाले बताए ।

संत दीनदयाल जी महाराजबाट संकल्प भएकाे अस्पताल स्थापनाका लागि आयोजना गरिएको महायज्ञमा खजुराबासीहरु सहित बाँके र बर्दिया सहित देशैभरका धार्मिक आस्थावानहरुले ५ करोड बढीको आर्थिक सहयोग गरेका थिए ।  नवनियुक्त विकास समितिले बुधवार नै पदभार ग्रहण गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : २८ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन