काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् । दुई दिनअघि मात्र नियुक्त भएका उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् ।…