१९ बैशाख २०८३, शनिबार | May 2, 2026

सल्ले र तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले शिलान्यास गरेका हुन् । संघ सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाको गरी ८५ लाख…