१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

छोराको मोहले गर्भपतन गराउनेको संख्या बढ्दो

सप्तरी । राजविराज नगरपालिका-१६ की ३५ वर्षीया विमला यादव [नाम परिवर्तन] एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तान लिंग पहिचान गरी गर्भपतन गराइन्। उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। विदेशबाट आएपछि पुनः छोरा पाउने मनस्थिति बनाएको विमलाको भनाइ छ। उनले भनिन्, ञमेरो परिवारमा चार…