७ आश्विन २०८३, बुधबार | September 23, 2026

जिप दुर्घटनामा चालकको मृत्यु



तनहुँ । तनहुँमा आइतबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका-१ तालघरेमा बिहान ३ बजे जिप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका-६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए ।

उनका अनुसार दमौलीबाट घासीकुँवातर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो । दुर्घटनामा घाइते थापालाई उपचारका लागि दमौली अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

‘जिपले च्यापिएको अवस्थामा प्रहरीको टोली र स्थानीय मिलेर उद्धार गरेर दमौली अस्पताल ल्याएका थियौँ । अस्पतालले मृत घोषणा गरिदियो । मृतकको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ’, उनले भने । प्रहरीका अनुसार रित्तो जिपमा चालक मात्रै सवार थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई