पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा टेबल गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएको छ । बैठक आधा घन्टाका लागि स्थगित भएको छ । छलफलका क्रममा उठेका विषयवस्तुमाथि मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि आजै बस्ने दोस्रो बैठकमा मतविभाजन हुने संसद सचिवालयले जनाएको छ । छलफलमा निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा…