१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान



गोखरा । गोरखाको बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ ।

करिब ११ सय ५० घर रहेको बारपाकमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए । केन्द्रको सहयोगमा ७० लिटर क्षमताको मिनिप्लान्ट निर्माण सम्पन्न भएको उनले बताए ।

केन्द्रका इन्जिनियर रितेश देव नेतृत्वको टोलीले जडान सम्पन्न गरेको उक्त मिनिप्लान्ट वडा कार्यालयलाई हस्तारण समेत भएको वडाध्यक्ष गुरुङको भनाई छ ।

बारपाक स्वास्थ्य चौकी नजिकै रहेको स्थानीय महिला समूहको भवनमा जडान गरिएको अक्सिजन प्लान्ट एकैपटकमा १२ जना बिरामीलाई अक्सिजन दिन मिल्ने उनले बताए ।“महिला समूहको भवनमा १२ शय्याको आइसोलेसन समेत निर्माण गरिएको छ, त्यही शय्यामा अक्सिजन समेत जडान गरिएको हो”, वडाध्यक्ष गुरुङले भने ।

अक्सिजन मिनिप्लान्ट जडान तथा उपकरण खर्च केन्द्रले नै व्यहोरोको हो । वडाध्यक्ष गुरुङले अहिले सञ्चालनमा रहेको आइसोलेसनलाई १२ शैयाको अस्पतालको रुपमा विकास गर्ने तयारी भइरहेको बताए । -रासस

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : ५२ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१