१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान



गोखरा । गोरखाको बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ ।

करिब ११ सय ५० घर रहेको बारपाकमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए । केन्द्रको सहयोगमा ७० लिटर क्षमताको मिनिप्लान्ट निर्माण सम्पन्न भएको उनले बताए ।

केन्द्रका इन्जिनियर रितेश देव नेतृत्वको टोलीले जडान सम्पन्न गरेको उक्त मिनिप्लान्ट वडा कार्यालयलाई हस्तारण समेत भएको वडाध्यक्ष गुरुङको भनाई छ ।

बारपाक स्वास्थ्य चौकी नजिकै रहेको स्थानीय महिला समूहको भवनमा जडान गरिएको अक्सिजन प्लान्ट एकैपटकमा १२ जना बिरामीलाई अक्सिजन दिन मिल्ने उनले बताए ।“महिला समूहको भवनमा १२ शय्याको आइसोलेसन समेत निर्माण गरिएको छ, त्यही शय्यामा अक्सिजन समेत जडान गरिएको हो”, वडाध्यक्ष गुरुङले भने ।

अक्सिजन मिनिप्लान्ट जडान तथा उपकरण खर्च केन्द्रले नै व्यहोरोको हो । वडाध्यक्ष गुरुङले अहिले सञ्चालनमा रहेको आइसोलेसनलाई १२ शैयाको अस्पतालको रुपमा विकास गर्ने तयारी भइरहेको बताए । -रासस

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : ५२ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,