१० भदौ २०८३, बुधबार | August 26, 2026

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्ने निर्णयप्रति नागरिक अगुवा तथा मानवअधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। उनीहरूले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिलाई आरोप लगाउने संस्थाभन्दा सरकारसँग सत्यतथ्य र स्पष्ट जवाफ माग्न आग्रह गरेका छन्। एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)ंले साउन…