७ पुस २०८२, सोमबार | December 22, 2025

कालो ढुसीको संक्रमणबाट कैलालीमा एकको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस (कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका-६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । रासस