बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । विपक्षीदलहरुले मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावको बिषयमा छलफल गर्न आजका लागि डाकिएको प्रदेशसभा बैठक बस्नु अघि पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष राजीनामा बुझाएका थिए । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।…