काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेकी छिन् । गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए तापनि राष्ट्रिय आत्मविश्वासको…