३१ श्रावण २०८३, आइतबार | August 16, 2026

ओली यतिखेर दुःखी



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका लागि कोशिस गर्दागर्दै पनि पार्टी विभाजित भएकाले आफूलाई दुःख लागेको बताएका हुन् ।

अध्यक्ष ओलीले माधव नेपालप्रति कटाक्ष गर्दै एमाले फुटाउन सांसदहरुलाई घर–घरबाट थुतेर चन्द्रागिरिमा लगेर थुनेको आरोप पनि लगाए । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा ल्याएको अध्यादेश र वर्तमान सरकारले ल्याएको अध्यादेशमा धेरै भिन्नता रहेको बताए । उनले आफूले देश र जनताको हितका लागि, सांसदहरुको अधिकार रक्षाका लागि संविधानको मर्मअनुसार नै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको दाबी गरे ।

तर, अहिले ल्याइएको अध्यादेशमा भने कुनै दललाई फुटाउन, कसैलाई सजिलो पार्नका लागि अध्यादेश ल्याउने क्रममा नै राजनीतिक दलसम्बन्धी अध्यादेशमा ‘केन्द्रीय सदस्य वा संसदीय दलको २० प्रतिशत’सम्बन्धी प्रावधान राखिएको उनको दाबी थियो ।

ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगले लागू गर्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने बताए ।

उनले लामो समयदेखि जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन अनेकौं प्रयास भएको जिकिर गर्दै पार्टीलाई विभाजित हुन नदिए थप सुदृढ बनाउन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्य एवं अन्य सबै नेतालाई धन्यवाद दिए ।

ओलीले पार्टीलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा चुस्त, भावनात्मक रूपमा एकताबद्ध गर्ने साझा लक्ष्यप्रति आफू प्रतिबद्ध रहेको बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ८ : ०२ बजे

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघको माग

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण