पर्वत । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको भाइरस सङ्क्रमणको जोखिमका बाबजुद कालीगण्डकी नदीका विभिन्न किनारमा स्नान गर्नेको घुइँचो बढेको…