बुटवल । बुटवल-११ स्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारी संस्थाहरू शेयर सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताए…