१ असार २०८२, आइतबार | June 15, 2025

फेरि संक्रमण फैलिएपछि चीनको वुहानमा सबै नागरिकको कोरोना परीक्षण गरिँदै



बीबीसी । चिनियाँ सहर वुहानको आधिकारिक निकायले सहरभरका सम्पूर्ण नागरिकको कोरोना परीक्षण गराउने भएका छन् । स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको पत्ता लागेपछि यस्तो गर्न लागिएको हो ।

एक वर्षमा पहिलोपटक त्यहाँ स्थानीय रुपमा ७ नयाँ संक्रमित फेला परेका छन् । १ करोड १० लाख जनसङ्ख्या बसोबास गर्ने वुहान सहरमा २०१९ मा कोरोना भाइरस सबैभन्दा पहिले देखा परेको थियो ।

कोरोनाबाट लगभग मुक्त भइ साधारण जनजीवनमा फर्किसकेको चीनमा पछिल्ला केही दिन संक्रमण दर एक्कासी बढेको छ । दश दिनमा त्यहाँ ३०० नयाँ संक्रमित भेटिएका छन् । आधिकारिक निकायहरुले अति संक्रमक मानिएको डेल्टा भेरियेन्टका कारण र स्थानीय पर्यटनको सिजन भएकाले नै भाइरस तिव्र रुपमा फैलिरहेको बताएका छन् ।

मंगलबार मात्र चीनभरबाट ९० नयाँ कोरोना बिरामी फेला पारिएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ती मध्ये ६१ स्थानीय स्तरमा संक्रमित भएको पाइएको छ । यस अगाडिसम्म चीनलाई कोरोना नियन्त्रणमा विश्वकै अब्बल मुलुक मध्येको एक मानिँदै आएको थियो । सीमा क्षेत्रमा पनि चीनले प्रभावकारी रुपमा कोरोना नियन्त्रण गर्न सफल भएको देखिन्छ ।

तर केही समय अघि नानजिङस्थित एक अति व्यस्त विमानस्थलमा एकजना कर्मचारी संक्रमित भएको पाइएपछि चिन्ता बढेको हो । यसरी सरकारले नानजिङका ९२ लाख वासिन्दाहरुको तीनपटक परीक्षण गराइसकेको छ र त्यहाँका लाखौँ मानिसलाई लकडाउनमा समेत राखेको छ । यो नयाँ संक्रमणको प्रकोप राजधानी बेइजिङसम्म पनि पुगिसकेको छ जहाँ स्थानीय संक्रमणबारे लगातार खबर आइरहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ५४ बजे

आज जयतु संस्कृतम् दिवस

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै

काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि

लुम्बिनी प्रदेशको बजेट आज, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते