९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

मनाङमा १८ वर्षमाथिका सबै नागरिकले लगाए खोप



मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् ।

१८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिसिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले भेरोसेलको पूर्ण खोप लगाएको आचार्यले बताए ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउन योग्य नागरिक छ हजार २०० रहेको बताएको थियो । अन्य नागरिक कामको सिलसिलामा देशविदेशमा रहेकाले खोप लगाउने नागरिकको सङ्ख्या चार हजार १९८ रहेको आचार्यले जानकारी दिए ।

जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराउने व्यवस्था गरेको उनले बताए । देशैभर खोपको अभाव रहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी लागेको पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् । उनका अनुसार नागरिकले कोभिड-१९ को सङ्क्रमण जोखिममा खोप लगाउन पाएकोमा सुरक्षित महसुस गरेका छन् ।

प्राकृतिक विपद् र विश्वव्यापी महामारीले मानवीय क्षति हुन नदिन दुर्गम जिल्ला मनाङलाई माग अनुसारको खोप उपलब्ध गराएको गण्डकीका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले बताइन् ।

‘प्रदेशका सबै जिल्लामा कोभिडविरुद्धको पूर्ण मात्रा खोप पुर्‍याउने लक्ष्य हो, तर विकट जिल्ला मनाङलाई प्राथमिकतामा राखी खोप उपलब्ध गरायौँ, अन्य जिल्लालाई पनि पूर्णरुपमा खोप उपलब्ध गराउने कसरतमा छौँ ।’

‘विपद् सँगसँगै कोभिडको जोखिमबाट बचाउनका लागि दुर्गम जिल्ला मनाङका नागरिकलाई खोप लगाउन सफल भएका छौँ’, नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने, ‘स्थानीय तहको समन्वयमा प्रदेश सरकार र सङ्घ सरकारले दुर्गम जिल्लालाई प्राथमिकता दिएर खोप उपलब्ध गराएकोप्रति आभार व्यक्त गर्दछु, जसले आमनागरिकलाई सुरक्षित बनाएको छ ।’

मनाङमा बाढीपहिरोको जोखिममा रहेको अवस्थामा कोभिडविरुद्धको खोप ढुवानीका लागि नेपाली सेनाले सहयोग गरेको थियो । आचार्यका अनुसार मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : २९ बजे

बजेट लेखनमा जुट्यो अर्थमन्त्रालय, प्रवेशमा कडाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

भ्रष्टाचार नेपालको मुख्य समस्या, भ्रष्टाचार निर्मूल पार्न माओवादीको सरकार आवश्यक : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

हुम्लामा हिमतालमा फुटेको स्थानमा एक साता पछि पुग्यो प्रहरी

काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको