चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीवार अन्दाजी २५-३० वर्षको भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार २ वटा भाले गैंडा एकआपसमा जुधेर घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैंडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले…